काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सूविधा समेत दिईएको छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशूल्क डेबिट र क्रेडिट कार्ड सूविधा, निःशूल्क डिजिटल बैंकिङ सूविधाहरु, लकर सूविधामा ५० प्रतिशत छुट, निःशूल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् ।








