लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद निष्काशनको तयारी गरेको छ । कम्पनीमा ५५ प्रतिशत लगानी रहेको भारतीय कम्पनी 'भारतीय जीवन बीमा निगम'ले हकप्रदको लागि रकम लगानी गर्ने निर्णय गरिसकेको छ ।
भारतीय जीवन बीमा निगमको गत सोमबार बसेको संचालक समितिको बैठकले नेपालमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा हकप्रदमा रुपमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो ८० करोड ६७ लाख भारु बराबर हो । यद्यपि यो रकम विनिमय दर अनुसार केहि तलमाथि पर्ने उल्लेख छ ।
भारतीय जीवन बीमा निगमले त्यहाँको स्टक एक्सचेन्जलाई जुलाई ४ मा बसेको संचालक समितिको बैठकको निर्णय जानकारी गराउदै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा हकप्रदमा रुपमा पुँजी थप्न लागेको उल्लेख गरेको हो ।