नेपाली बजारमा सुस्तायो सुनको कारोबार, व्यवसायी भन्छन्- ‘ग्राहक आउनै छोडे’


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाली बजारमा सुस्तायो सुनको कारोबार, व्यवसायी भन्छन्- ‘ग्राहक आउनै छोडे’

काठमाडौं । नेपाली बजारमा सुनको कारोबार सुस्ताएको छ । बजारमा आत्यवश्यक परेको अवस्थाबाहेक सुन किन्न ग्राहक आएका छैनन् । सुनको मूल्यमा आएको उतार चढावसंगै गहना खरिद गर्ने सिजन सकिएकोले नेपाली बजारमा सुनचाँदीको कारोबार सुस्ताएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।      

बैशाख महिनामा सुनको कारोबार राम्रै भए पनि अहिले भने सुस्ताएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । उनी भन्छन्, ‘गत बैशाख महिनाको तुलनामा अहिले सुनको कारोबार सुस्ताएको छ । अहिले अत्यावश्यक बाहेकका अन्य ग्राहकहरु सुन खरिदका लागि आएका छैनन ।’ 

अहिले दैनिक करिब १० देखि १५ किलोको हाराहारीमा मात्रै सुनको कारोबार भइरहेको अध्यक्ष शाक्यले जानकारी दिए । गत बैशाख महिनाको तुलनामा भने यो कारोबार धेरै नै कम रहेको उनको भनाई छ । गत बैशाख महिनामा सुनको कारोबार दैनिक ३० केजीसम्म हुने गरेको थियो । 

Read More
  • MBL