आयात नियन्त्रणमा सरकारी संयन्त्र असफल


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
आयात नियन्त्रणमा सरकारी संयन्त्र असफल

काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी मुद्राको सञ्चितिमा देखिएको संकटपूर्ण अवस्थाबाट पार पाउन भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी वस्तुहरूको आयातमा कडाइ गरे पनि आयात रोकिएको छैन ।

विलासिताका वस्तुलाई त पूर्ण रूपमा भित्रिनै नदिने नीति लिएको सरकार प्रयासभन्दा विपरीत चालू आर्थिक वर्ष २०७८÷७९ को बितेको ११ महिनाको अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेको ११ महिना गत जेठ मसान्तसम्मको तथ्यांक विभिन्न देशबाट नेपाल भित्रिने वस्तुको आयातको अवस्था यस्तो देखिएको हो । विभागको तथ्यांकअनुसार सो अवधिमा आयातको अवस्था गत आवको तुलनामा २७ दशमलव ५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

Read More
  • EBL