श्रीलंकामा पेट्रोल तथा डिजेलको चरम अभाब


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
श्रीलंकामा पेट्रोल तथा डिजेलको चरम अभाब

कोलम्बो : समयमा नै पेट्रोलियम पदार्थ खरीद् गर्न आर्थिक अभावका कारण कठिनाई भएपछि श्रीलंकामा पेट्रोल तथा डिजेलको पुनः चरम अभाब भएको छ । छिट्टै आइपुग्ने अपेक्षा गरिएको तर इन्धन आउन लामो समय लागेपछि पुनः अभाब भएको ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले बताएका छन् । उनका अनुसार यो हप्ता आइपुग्नुपर्ने इन्धन ‘बैंकिङ’ कारणले आउन नसकेको र आगामी हप्ता पनि निर्धारित मात्रा आइपुग्न कठिनाई हुने देखिएको छ ।
 

श्रीलंकाले खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक आयातलाई समेत धान्न विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरिरहेको छ । विजेसेकेराले भने, “राज्य संचालित सिलोन पेट्रोलियम निगमले यस द्वीपमा ताजा तेल आपूर्ति कहिले हुनेछ किटान गर्न सम्भव देखिएको छैन । यसका लागि देशमा देखिएको चरम आर्थिक संकट जिम्मेवार छ । कच्चा तेलको अभावमा सीपीसीले आफ्नो एकमात्र रिफाइनरी पनि केही समय बन्द गरेको थियो ।”
 

Read More
  • MBL