मुलुक बचाउने हो भने कठोर मौद्रिक नीति ल्याउनु पर्छ, नत्र उपाय छैन्ः पूर्वगभर्नर नेपाल


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मुलुक बचाउने हो भने कठोर मौद्रिक नीति ल्याउनु पर्छ, नत्र उपाय छैन्ः पूर्वगभर्नर नेपाल

सरकारले आगामी बर्षका लागि बजेट मार्फत ८ प्रतिशतको आर्थिक वृद्धि र महंगीलाई ७ प्रतिशतमा राख्ने लक्ष्य राखेको छ । बैंकमा लगानीयोग्य रकमको अभावका कारण उच्च अंकको आर्थिक बृद्धि हुने लक्ष्य भेट्याउनै नसक्ने र रुस र युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थमा भएको उच्च मूल्य बृद्धिलगायतका कारणले मुद्रास्फीति ७ प्रतिशतमा सिमित गर्ने सम्भावना ज्यादै नै कठिन कार्य हुने अनुमान अर्थविद्हरुले गरेका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले बजेटले लिएको लक्ष्य हासिल गर्न सम्भव नै नभएको बताएका छन् । सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धि र महंगीलाई ७ प्रतिशतमा राख्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गर्नु राष्ट्र बैंकलाई निकै चुनौतीपूर्ण हुने पनि उनको भनाइ छ ।

पूर्वगभर्नर नेपालले आगामी वर्षका लागि राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा आयातलाई नियन्त्रण गर्ने गरी कठोर नीति ल्याउनु पर्नेमा जोड दिएका छन् । विदेशी मुद्राको सञ्चिति घटेको अवस्थामा आयातलाई निरुत्साहित गर्नु पर्ने उनकाे भनाइ छ ।

पाकिस्तानको सरकारले चिया घटाउने नीति ल्याएको छ । हामीले पनि त्यसबाट पाठ सिक्नु पर्ने उनकाे भनाइ छ । 

पाकिस्तानका मन्त्री अहसान इकबालले जनता अर्थात् आफ्ना नागरिकलाई अपिल गर्दै भनेका छन्ः ‘प्रत्येक कप चिया, प्रत्येक दुई कपको चिया घटाउन म समुदायलाई पनि अपील गर्छु, किनभने हामीले जुन चिया आयात गर्छौँ, त्यो पनि ऋणमा आयात गर्छौँ।’ मन्त्रीको अपीलले पाकिस्तानको दयनीय आर्थिक अवस्थालाई उजागर गरेको छ । पाकिस्तानले जस्तै नेपालको पनि आर्थिक अवस्था दयनिय बन्दै गएको छ । मेरो लगानीका विष्णु बेल्वासेले पूर्वगभर्नर नेपाललाई सोधे

सरकारले बजेट मार्फत आगामी वर्ष ८ प्रतिशतको आर्थिक बृद्धि र ७ प्रतिशतमा मुद्रास्फीति राख्ने लक्ष्य लिएको छ । के यो सम्भव छ ?

सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिदर ल्याउने भनेको छ । यसैगरी, ७ प्रतिशतमा मुद्रास्फीति सिमित गर्ने भनिएको छ । जुन सम्भव नै छैन् ।

Read More
  • MBL