सस्तिदै लघुवित्तका शेयरहरु, ३५ लघुवित्तकाे शेयर मूल्य १ हजारभन्दा मुनि


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सस्तिदै लघुवित्तका शेयरहरु, ३५ लघुवित्तकाे शेयर मूल्य १ हजारभन्दा मुनि

तरलता संकट र राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ । असार ९ गते बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये ३५ वटा कम्पनीको शेयरमूल्य १ हजार भन्दा मुनि आएको छ ।

 

नेप्से २५ सय भन्दा माथि हुँदा प्रायः सबै लघुवित्तको शेयर मूल्य १ हजार भन्दा माथि नै थियो । नेप्सेमा सुचीकृत लघुवित्तको न्यून पुँजी र आकर्षक लाभांशका कारण लघुवित्तको मूल्य पनि आकर्षक नै थियो । नेप्सेमा १ हजारदेखि ६ हजारसम्मको मूल्यमा विभिन्न लघुवित्त कम्पनीको शेयर खरिद बिक्री हुने गर्दथ्यो ।

१ हजार मुनि काराेबार हुने लघुवित्तमध्ये ९ सयकाे लाइनमा मिर्मिरे लघुवित्त, साना किसान लघुवित्त, कालिका माइक्रोक्रेडिट, सबैको लघुवित्त, मानुषी लघुवित्त, आँधीखोला लघुवित्त, साधना लघुवित्त, स्वावलम्बन लघुवित्त, उन्नति सहकार्यकारी लघुवित्त, छिमेक लघुवित्त र विन नेपाल लघुवित्त रहेका छन् ।

८ सयको लाइनमा कारोबार भइरहेको लघुवित्तमा निर्धन उत्थान, इन्फिनिटी लघुवित्त, गणपति माइक्रोफाइनान्स, विजय लघुवित्त, मनकामना स्मार्ट, नेरुडे, राष्ट्रउत्थान लगायतका माइक्राफाइनान्स रहेका छन् ।

त्यस्तै ७ सयको लाइनमा समिट लघुवित्त, मेरो माइक्रोफाइनानस, किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, एनआईसी एसिया लघुवित्त, आरम्भ चौतारी लघुविगत्त, स्वरोजगार लघुवित्त, समता घरेलु लघुवित्त, आरएमडीसी लघुवित्त रहेका छन । ६ सय भन्दा तल भने सुर्योदय वोमी, सिभिल लघुवित्त, एनएमबी माइक्रोफाइनानस, गाम्रीण विकास लघुवित्त रहेका छन् ।

बिहीबारको शेयर कारोबार अनुसार सबैभन्दा सस्तो मूल्यको लघुवित्त शेयर कारोबार भने आरएसडीसी लघुवित्तको रहेको छ । उक्त कम्पनीको ४८६ मा अन्तिम कारोबार भएको थियो ।

लघुवित्त कम्पनी ग्रामीण भेगमा बिना धितो जनतालाई ऋण दिने उद्देश्यले स्थापना भएको वित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा ग्रामीण क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा लघुवित्त कम्पनीमार्फत प्रवाह गर्दछ । बैंकले कुल कर्जाको ६ प्रतिशत ग्रामीण क्षेत्रमा प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । ग्रामीण जनतालाई ऋण दिन स्थापित कम्पनीको शेयर मूल्य भने वाणिज्य बैंकको भन्दा कैयौ गुणा बढी छ । न्यून पूँजीमा स्थापित लघुवित्त कम्पनीले चुक्ता पुँजी भन्दा पनि कैयौ गुणा नाफा आर्जन गर्ने अभ्यास रहेको हुँदा चौतर्फी रुपमा यसमाथि प्रहार हुन थाल्यो । लघुवित्तकर्मीले विना धितो कर्जा प्रवाह गर्नुपर्ने एवम् सञ्चालन खर्च समेत धेरै रहेकाले जोखिम समेत धेरै रहेको बताउने गरेका छन् ।

Read More
  • MBL