बीमा समितिद्वारा २२ बीमा कम्पनीलाई कारवाही, हेर्नुस् सूचीसहित



Artha Dabali

काठमाडौँ / बीमा समितिले लेखापरीक्षण नबुझाउने २२ बीमा कम्पनीहरूलाई कारवाही गर्ने भएको छ । समितिले समयमा लेखापरीक्षण नबुझाएको भन्दै बीमा कम्पनीहरूलाई १० हजार रुपैयाँदेखि १० हजार ५०० रुपैयाँका दरले कारवाही गर्ने भएको हो । बीमा समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परीक्षण प्रतिवेदन समयमै समितिमा नबुझाएका कम्पनीहरूलाई कारोवाही गरेको हो । 

नियामक निकाय बीमा समितिले यसअघि पनि बीमा समितिको नियमित विपरित काम गरेको तथा दायराभन्दा बाहिर बसेको भन्दै विभिन्न बीमा कम्पनीहरूलाई कारवाही गर्दै आएको थियो । 

समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसीमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ । कम्पनीहरूले गत आ.व. २०७७/७८ मा समेत पुनः उक्र दफाको उल्लङ्घन गरेको कारण सोही दफाबमोजिम ५०० रुपैयाँ थप गरी प्रत्येकलाई १० हजार ४०० रुपैयाँका दरले जरीवाना गरेको समितिले जनाएको छ । 

Read More
  • Sunrise Bank