नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम छ : उद्योगमन्त्री बडू



Annapurna Post

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा उद्योग मन्त्रालय, नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा नेपाली उत्पादनको बजारीकरणका लागि निर्मित इ–कमर्शको शुभारम्भ गर्दै मन्त्री बडूले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएकोसमेत बताए।

यसका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रुपमा कार्यक्रम अघि बढाएको उनले जानकारी दिए।

Read More
  • Sunrise Bank