काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले जेठ ३ र ४ गते काठमाडौँको चन्द्रागिरीमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण बिभाग तथा डिभिजन प्रमुखहरू र प्रादेशिक कार्यालय प्रमुखहरू गरि ४२ जनाको सहभागिता रहेको थियो ।
प्रधान कार्यालय बजेट तथा योजना बिभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागिहरूलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको बर्तमान अवस्था र सम्भावनाहरू सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।








