निक्षेप संकलन र कर्जा प्रबाहका हिसाबले नेपाल बैंक पहिलो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
निक्षेप संकलन र कर्जा प्रबाहका हिसाबले नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेड Nepal Bank Limited  निक्षेप संकलन तथा कर्जा बिस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ। गत जेष्ठ महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन बृद्दीको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो।

नेपाल बैंक निक्षेप संकलनसंगै कर्जा विस्तार पनि पहिलो स्थानमा रहन सफल भएको छ। गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले बढेको छ।

गतमहिनाको आधारमा २७ बाणिज्य बैंकहरुमध्ये २१ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ ।

Read More
  • EBL Ad news