काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलता को विकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा यस हिमालयन क्यापिटल लिमिटेडले वुमन लिड संस्थाका सदस्यहरुका लागि एक दिने उद्यमीशीलता प्रर्वधन प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरुलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले संचालन गर्नको निम्ति आवश्यक ज्ञान र शिपहरुको जानकारी र प्रशिक्षण प्रदान गरिएको थियो ।
व्यापार व्यवसाय स्थापना र संचालन गर्नका निम्ति आवश्यक नियम कानून सम्बन्धि जानकारी, आवश्यकता अनुसार पुंजी को व्यवस्थापन गर्नका निम्ति उचित वित्तीय व्यवस्थापन, उत्पादित वस्तु र सेवाको बजार प्रवर्धन, आयकर सम्बन्धि व्यवस्थाको परिपालन, र ब्यापार व्यवसाय सफल रुपले संचालन गर्न आवश्यक अन्य सिप तथा ज्ञानको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरि दिगो उद्यमशीलता प्रबर्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो ।