नेपाल बैंक मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

 

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

गत मंगलबारदेखि सुरु भएको गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरू समेत गरि ४५ जनाको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो । 

Read More
  • EBL Ad news