बजेटका ३० कार्यक्रम मौद्रिक नीतिले समेट्ला ?


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
बजेटका ३० कार्यक्रम मौद्रिक नीतिले समेट्ला ?

संकटोन्मुख अवस्थामा रहेको अर्थतन्त्रमा लक्षित आर्थिक वृद्धि, वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमामा राख्नुपर्ने चुनौती

काठमाडौँ — नेपाल राष्ट्र बैंक यतिबेला आगामी मौद्रिक नीतिका लागि क्षेत्रगत सुझाव संकलनमा व्यस्त छ । बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने चुनौती राष्ट्र बैंकलाई छ । छिटोमा चालु आर्थिक वर्षको अन्त्य (असार अन्तिम साता) र ढिलोमा साउन पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अर्थतन्त्रको अवस्था धेरै बिग्रिसकेको छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती पनि राष्ट्र बैंकलाई छ । ...

Read More
  • EBL