काठमाडौं महानगरपालिका– २८, कमलादीमा केन्द्रीय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो बाह्रौं शाखा कार्यालय गोरखाको पालुङटार न.पा.वडा नं. ५ ठाँटीपोखरीमा शुभारम्भ गरेको छ । शाखा कार्यालयको उद्घाटन संस्थाका संचालक द्रिपश शाक्यले गर्नुभएको थियो ।
निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स. २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा केन्द्रीय कार्यालयसहित न्युरोड, ललितपुरको पुल्चोक र लगनखेल, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र तिलोत्तमा, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ्रे, धनुषाको धनुषाधाम र मकवानपुरको हेटौडामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।