सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप, अब रेमिट्यान्स सेवा पनि उपलब्ध


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप, अब रेमिट्यान्स सेवा पनि उपलब्ध

काठमाडौँ / सिटिजन्स बैंक लिमिटेडले आफ्नो रेमिट्यान्स सेवा अब मोबाइल बैंकिङ्ग एपमा पनि उपलब्ध गराएको छ । 

डिजिटल बैँकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिटेन्स सेवाको सुरुवात गरेको हो । 

अब बैंकका ग्राहक महानुभावहरुले नेपालभरि आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै  विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्नुहुनेछ । यस सेवा प्रयोग गरी ग्राहक महानुभावहरुले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२,००० भन्दा बढि एजेन्ट÷सब– एजेन्ट बाट  नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्नुहुनेछ । 

Read More
  • MBL - below news
  • EBL Ad news