नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

नेपाल बैंक र  विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच सम्झौता भएको छ ।  दुवै संस्था बिचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरु मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी  प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  उक्त समझदारी पश्चात विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन् । 

Read More
  • EBL Ad news