जेठ १५, काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
कम्पनीले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेद्धश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
उक्त सुविधा तथा अभियानबाट विशेषत पूँजीबजार बाहिर रहेका गृहीणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाइदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।








