उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे आज (जेठ १२ गते, बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे छ ।
स्टकका अनुसार संस्थाकाे ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा काराेबार हुनसक्ने गरी सूचिकृत भएकाे हाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम एक हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।