सेयर बजारका प्रमुख १० कम्पनीमा लगानीकर्ताले एक महिनामै १६ अर्ब रूपैयाँ गुमाएका छन्।
चैत अन्त्यमा यी १० कम्पनीहरूको कुल बजार पुँजीकरण १० खर्ब २८ अर्ब रहेकोमा वैशाख अन्त्यमा आइपुग्दा १० खर्ब १२ अर्बमा सीमित भएको नेप्सेको मासिक तथ्यांकले देखाउँछ।
यसरी सबैभन्दा धेरै गुमाउनेमा नबिल बैंक लिमिटेड छ। बैंकको सेयर रहेका लगानीकर्ताहरूसँग चैत अन्त्यमा एक खर्ब ७९ अर्ब सेयर सम्पति रहेकोमा वैशाख अन्त्यमा एक खर्ब ७२ अर्ब रूपैयाँमा सीमित भएको छ।
प्रतिशतका आधारमा भने नेपाल पुनर्बीमा कम्पनीमा रहेको लगानीकर्ताहरूको सम्पति धेरैले घटेको छ। वैशाखमा यस्तो सेयर सम्पति ४.८४ प्रतिशतले घटेर एक खर्ब १४ अर्बमा सीमित भएको छ।