काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ ।
बैंकले टोखा न.पा. वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन न.पा. वडा नं.१ स्थित रानिवन चोकमा, का.म.पा. वडा नं. १३ को रिङ्गरोड सितापाईला चोकमा र का.म.पा. वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ । आजदेखी सञ्चालनमा आएका नयाँ शाखाहरुमध्ये ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा टोखा नगरपालिकाका नगर प्रमूख प्रकाश अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरे भने अन्य तिन शाखाहरुमा सफ्ट लञ्च सहित कारोवार सुरुवात गरिएको छ ।