कोरोना महामारीमा प्रत्येक ३० घण्टामा एक जनाको दरले थपिए नयाँ अर्बपति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कोरोना महामारीमा प्रत्येक ३० घण्टामा एक जनाको दरले थपिए नयाँ अर्बपति

काठमाडौं : कोभिड–१९ महामारीले प्रत्येक ३० घण्टामा नयाँ अर्बपति बनाएको अक्सफामको रिपोर्टले देखाएको छ । अक्सफामले वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सोमबार प्रस्तुत गरेको ‘प्रोफिटिङ फ्रम पेन’ रिपोर्ट अनुसार कोरोना महामारीले प्रत्येक ३० घण्टामा एक नयाँ अर्बपति बनाएको हो । महामारीको समयमा प्रत्येक ३० घण्टामा एक जनाको दरले कुल ५७३ जना नयाँ अर्बपति बनेको अक्सफामको रिपोर्टले देखाएको छ ।

 

यता, सन् २०२२ मा भने चर्को मूल्यवृद्धि र खाद्यान्न अभावका कारण प्रत्येक ३३ घण्टामा १ लाखको दरले २६ करोड ३० लाख मानिसहरु चरम गरिबीमा फस्ने अस्कफामले अनुमाान गरेको छ । रिपोर्ट अनुसार अर्बपतिहरुको सम्पतिमा कोभिड महामारीको पहिलो २४ महिनामा भएको वृद्धि विगत २३ वर्षमा भएको एकमुस्ट वृद्धि भन्दा धेरै हो । अहिले विश्वभरका अर्बपतिहरुको कुल सम्पति विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी) को १३.९% बराबर पुगेको छ । जुन् सन् २००० को ४.४% को तुलनामा तेब्बर बढी हो ।

 

Read More
  • MBL