बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ



Artha Sarokar

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सर्लाही जिल्ला साबिक हरिपुर गाउँपालिका वडा नं.९ घर भई हाल हरिपुर नगरपालिका वडा न. ०१ बस्ने ३४ वर्षीय नरेन्द्र प्रकाश सुबेदी सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७९/११ /२० गते पक्राउ अनुमति जारी गरेको थियो । उनलाई नागार्जुन नगरपालिका, स्युचटारबाट  मिति २०७९/०२/१० गते पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत जनसेवा पठाइएको छ ।

Read More
  • Sunrise Bank