शेयर बजारमा वृद्धि कायमै, कारोबार रकम भने निरन्तर खुम्चिदै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
शेयर बजारमा वृद्धि कायमै, कारोबार रकम भने निरन्तर खुम्चिदै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनि दोहोरो अंकले बढेको छ । आज नेप्से १४.३७ अंकले बढेर दुई हजार २ सय ३१ दशमलव ५७ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से १६.३२ अंकले बढेर दुई हजार २ सय १७ दशमलव १९ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।        

आज कारोबार भएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि चार कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । बलेफी हाइड्रो, मैलुङखोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो र गुँरास लघुवित्त  वित्तीय संस्थाको शेयरमूल्य बढेको हो । यी कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ । 

Read More
  • MBL