नेपाल बैंकको बाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी सम्पन्न


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको बाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैशाख ४ गतेदेखि ७ गतेसम्म धुलीखेलमा बजेट गोष्ठी तथा तालिम भएको हो ।  

बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बाग्मती प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो । 

Read More
  • EBL Ad news