लुम्बिनी विकास बैंक र धुलिखेल जिपलाइन बिच सम्झौता



Financial Notices

लुम्बिनी विकास बैंक लिमिटेडले धुलिखेल मा अवस्थित वल्ड्र वाईड एडभेन्चर प्रा. लि. (धुलिखेल जिपलाइन) मा आफ्ना ग्राहक महानुभावहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका आफ्ना सम्पुर्ण ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइन का बिभिन्न जिपलाइन सेवा तथा सुबिधाहरु लिए बाफत भुक्तानी गर्दा २०% छुट प्रदान गर्ने छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक श्री दिपक खनाल र वल्र्ड वाईड एडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष श्री केदार बहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो ।

यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

Read More
  • Sunrise Bank