निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक अग्र स्थानमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक अग्र स्थानमा

काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड निक्षेप संकलन र कर्जा प्रवाहमा अग्र स्थानमा परेको छ । नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको हो । 

गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ । गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्घि भएको देखिन्छ । 

२७ बाणिज्य बैंकहरुमध्य १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर ६.२३ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ । 

Read More
  • EBL Ad news