यो साता बजार सकारात्मक : डेढ खर्बले बढ्यो कुल बजारपूूँजीकरण



Aarthik Abhiyan

वैशाख ३१, काठमाडौं । लगानीकर्ताहरुको मनोबलका आधारमा उचारचढाब आउँने धितोपत्र बजार यो साता सकारात्मक देखिएको छ ।

स्थानीय चुनावका कारण बजारमा तरलता सहज हुने विश्वास र जेठमा ब्याजदर नबढ्ने भएसँगै यो साता लगानीकर्ताहरुको मनोबल बढेको देखियो । साथै बजार निरन्तर घटेर २ हजार २२५ को विन्दुमा झरिसकेको अवस्थामा लगानीकर्ताहरु सस्तोमा शेयर किन्न उत्साहित बनेकाले पनि यो साता बजारमा सकारात्मक प्रभाव परेको हो ।

गत साता २ हजार २३८ दशमलव ६२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १११ दशमलव ८० अंकले बढेर २ हजार ३५० दशमलव ४२ विन्दुमा पुगेको छ । यो साता पाँच कारोबार दिनमा चार दिन लगातार बढेको नेप्से परिसूचक पाँचौ दिनमा भने करेक्सन आएको छ । चार दिन निरन्तर बढेको बजारबाट नाफा बुक गर्ने हाबी हुँदा पाँचौ दिन बजारमा करेक्सन देखिनुलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । ...

Read More
  • Sunrise Bank