बैंकमा पनि सातामा दुई दिन विदा



Annapurna Post

काठमाडौं : अब बैंकहरुमा पनि साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शनिबार र आईतबार साप्ताहिक बिदा दिने घोषणा गरेको हो। सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै राष्ट्र बैंकले पनि कार्यालय खुल्ने समय संशोधन गरेको हो।

आगामी जेठ १ गतेदेखि लागू हुनेगरी साप्ताहिक बिदा बढेसँगै अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म खुल्ने राष्ट्र बैंकले बताएको छ। तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म कार्यालय खोलिने समय तालिका रहेको छ।   तर बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ देखि साँझ ४ बजेसम्म र कायम गर्ने तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान साढे ९ देखि अपरान्ह साढे ३ सम्म कायम रहने बताइएको छ। ...

Read More
  • Sunrise Bank