काठमाडौं । पछिल्लो समय सार्वजनिक पदधारण गर्नेको संख्या बढ्दै गएको छ । सार्वजनिक पदधारण गर्नेको संस्था बढ्दै गएपछि सम्पत्ति विवरण बुझाउनेको संख्या पनि बढ्दै गएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६÷७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या बढेको छ ।
तर, गत आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ४०९ ले सम्पत्ति विवरण नबुझाएको पाइएको छ। सार्वजनिक पद धारण गर्नेहरूको संख्या बढ्दै गएको भएपनि सम्पत्ति विवरण नबुझाउने पनि उत्तिकै छन् ।
आव २०७६र७७ मा कूल ६ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७र७८ मा कूल छ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन् । ...