सेयर धितोमा अहिलेसम्म कति कर्जा प्रवाह भएको छ, ४–१२ को नीतिले कति गर्यो असर ?



Nepali Paisa

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्दै आएका सेयर कर्जामा सामान्य संकुचन आएको देखिएको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जामा ४–१२ करोडको सीमा लागू गरेपछि धितो कर्जा केही घटेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार १ महिनामा सेयर कर्जा १ अर्ब २८ करोड रुपैयाँले घटेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले ९४ अर्ब ५९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

फागुन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले ९५ अर्ब ८० करोड २२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । गत असार मसान्तको तुलनामा भने चैत महिनासम्म आइपुग्दा सेयर कर्जा प्रवाह ११% ले घटेको हो । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । ...

Read More
  • Sunrise Bank