लुम्बिनी विकास बैंकको एकै साथ दुई नयाँ शाखा कार्यालयहरुको उद्घाटन



Artha Dabali

लुम्बिनी / लुम्बिनी विकास बैंक लिमिटेडको एकै साथ दुई नयाँ शाखा कार्यालयहरुको उद्घाटन भएको छ ।

बैंकले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले मिति बैशाख २६ गते देखि दुई नयाँ शाखाहरुको उद्घाटन गरेको हो । 

नयाँ खोलिएका शाखाहरुमा ८२ औँ शाखाको रुपमा कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा शाखा र ८३ औँ शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.८, स्थित ताराताल शाखा रहेका छन् ।

यस बिकास बैंकको चन्द्रौटा शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन के. सी.ले संयुक्त रुपमा गरे । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गरे । 

Read More
  • Sunrise Bank