आइपीओ ल्याउने तयारीमा रहेको अभियान लघुवित्तको यस्तो छ वित्तीय अवस्था


  • KBL Ad
आइपीओ ल्याउने तयारीमा रहेको अभियान लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं  : अभियान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको त्रैमास भन्दा ९.५६% ले धेरै हो । गत वर्षको यस अवधिमा कम्पनी १ करोड २ लाख रुपैयाँ नाफा थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खुद ब्याज आम्दानी ८२.७६% ले बढाएर ७ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ४ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 

यता, कम्पनीले सञ्चालन नाफा पनि १ करोड १९ लाख रुपैयाँबाट १ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ । यसको खराब कर्जा भने ०.४५% बाट बढेर ३.३४% भएको छ । हाल यसको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा १ करोड ९२ लाख रुपैयाँ छ । चैतसम्ममा २९ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

Read More
  • EBL