लुम्बिनी विकास बैंकको एकै साथ दुई नयाँ शाखा उद्घाटन



Financial Notices

लुम्बिनी विकास बैंकले देशका बिभिन्न ठाउँका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले बुधबार थप दुई शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा खोलेको हो ।

कलंकी शाखाको उद्घाटन यस बैंकका सञ्चालक समितिका अध्यक्ष श्री दशरथ रिसालज्यूले  गर्नु भयो भने, बट्टार  शाखाको उद्घाटन बैंकका सञ्चालक श्री चिन्तामणि भट्टराई ज्यू र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष श्री तारा बहादुर कार्की ज्यूले संयुक्त रुपमा गर्नु भएको हो ।

आज खोलिएको दुई शाखा सहित यस विकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको छ । यस लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

Read More
  • Sunrise Bank