कामना सेवा विकास बैंकद्वारा दशौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवा विकास बैंकद्वारा दशौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । 

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल बैशाख १९ गते सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोक स्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो. मुकेश कुमार साह) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रिय सभापति भगवती यादव तथा डाक्नेश्वरी न.पा. वडा नं. ०७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । 

Read More
  • MBL