नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडसंग शेयर लगानी सम्झौता गरी कम्पनीको नामको रु पाँच करोड रकम वरावरको पाँच लाख कित्ता साधारण शेयर खरिद गर्न हस्ताक्षर गरेको छ। नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको रजिष्टर्ड कार्यालय सिनामङ्गल काठमाण्डौंमा आज सम्पन्न शेयर लगानी सम्झौतामा नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङ्ग र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले हस्ताक्षर गरेका छन्। ...