काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । यस १५ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १३ लाख ५५ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखामार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ४६ अर्व ६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ रु १ खर्व ३६ अर्व ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमा करिव रु १ अर्व ५८ करोड ९६ लाख खुद मुनाफा गर्न सफल भएको छ। बैंकले १५औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदान नै जिवनदान हो भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा सातवटै प्रदेशका कूल २३ स्थानबाट करिब ४०० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।