वैशाख ७, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२४ धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा सनराइज ब्लूचिप फण्ड, प्रभु सेलेक्ट फण्ड, सानिमा लार्ज क्याप फण्ड,कुमारी इक्वीटी फण्ड र ग्रीन भेञ्चर्सको शेयरमा उच्च खरीद माग रहेको छ ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी सनराइज ब्लूचिप फण्डको २ लाख ६४ हजार २७५ इकाई खरीद माग रहेको छ । त्यसैगरी प्रभु सेलेक्ट फण्डको २ लाख ४९ हजार ६५० इकाई, सानिमा लार्ज क्याप फण्डको २ लाख ४० हजार ४३० इकाई ,कुमारी इक्वीटी फण्डको २ लाख ३४ हजार २०० इकाई र ग्रीन भेञ्चर्सको २ लाख ५ हजार ४९५ कित्ता शेयर खरीद माग रहेको छ ।







