सिटिजन्स बैंक खुला टेनिस अर्को साता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंक खुला टेनिस अर्को साता

 

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता बैशाख ११ गतेदेखि हुने भएको छ ।

करिब २ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा १० स्पर्धामा खेल हुने छ । पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुने छ । दसै स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news