काठमाडौं : उन्नति सहकार्य र समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । जसमा उन्नति सहकार्यले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । यसले अंकित मूल्य १०० रुपैयाँमा ५९ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १५९ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
यस्तै, समता घरेलुले पनि ४ करोड ६० लाख ४१ ह्जार २२०.८० रुपैयाँ बराबरको २ लाख ८९ हजार ४४० कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । यसले अंकित मूल्य १०० रुपैयाँमा ५९ रुपैयाँ ०७ पैसा प्रिमियम जोडेर प्रतिकित्ता १५९ रुपैयाँ ०७ पैसामा एफपीओ बिक्री अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि दुई कम्पनीले एफपीओ निष्कासन प्रकृया अघि बढाउनेछन् ।