नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

काठमाडौं (अस) । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको छ । विश्वविद्यालयका कर्मचारी तथा विद्यार्थीलाई सहुलियत बैंकिङ सेवा दिने सम्बन्धमा बुधवार सम्झौता भएको हो । सम्झौता अनुसार विश्वविद्यालयका सबै कर्मचारीको तलबी खातामा बैंकले बचत निक्षेपको उच्चतम ब्याजदर दिनेछ । त्यस्तै निःशुल्क डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने, बैंकको लकर भाडामा छूट दिने र कर्मचारीलाई सहुलियत ब्याजदरमा कर्जा दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ । त्यस्तै निःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने र विश्वविद्यालयको आवश्यकता अनुसार थप बैंकिङ सेवा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोख्रेल र  नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवराज कोइरालाले समयक्रमसँगै अघि बढिरहेको मुलुककै पहिलो बैंकसँग गरिएको सम्झौताबाट कर्मचारी र विद्यार्थीलाई लाभ मिल्ने आशा व्यक्त गरे ।

Read More
  • EBL Ad news