जीवन विकास लघुवित्तको ७३.६८ प्रतिशत लाभांश पारित, खतिवडा र सिटाैला सञ्चालक समिति सदस्यमा निर्वचित


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
जीवन विकास लघुवित्तको ७३.६८ प्रतिशत लाभांश पारित, खतिवडा र सिटाैला सञ्चालक समिति सदस्यमा निर्वचित

जीवन विकास लघुवित्त वित्तीय संस्था (JBLB) को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको सम्पन्न भएको छ ।


चैत २५ गते मोरङको कटहरीमा रहेको केन्द्रीय कार्यालयमा लघुवित्तको साधारण सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७० प्रतिशत अर्थात ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि २ करोड २४ लाख १४ हजार ७३६ रुपैयाँ नगद लाभांशको पारित गरेको छ ।

यस्तै साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट गोकर्ण खतिवडा र अशोक सिटौला सञ्चालक समिति सदस्यमा निर्वचित भएका छन् ।

Read More
  • EBL
  • NMB