काठमाडौं / ज्योति विकास बैंकले यहि चैत २७ गते बाट चर्चित पर्यटकीय स्थल घान्द्रुक कास्कीमा पहिलो एटिएम सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटिएम सञ्चालनमा ल्याइएको हो।
कार्यक्रममा अन्नपुर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार गुरूङले एटिएम बुथको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा ज्योति विकास बैंककातर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी,घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।