समता घरेलु लघुवित्तको एफपीओ निष्कासन प्रक्रिया शुरु


  • KBL Ad
समता घरेलु लघुवित्तको एफपीओ निष्कासन प्रक्रिया शुरु

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ । कम्पनीले २ लाख ९ हजार ४४० कित्ता एफपीओ निष्कासन प्रक्रिया शुरु गरेको हो । उक्त एफपीओ विक्रीका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ती सम्बन्धी सम्झौतामा चैत २५ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले  हस्ताक्षर गरेका हुन ।

कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाइसकेको पछि मात्र एफपीओ निष्कासन गर्नेछ । साविक समता लघुवित्त वित्तीय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्था बीच मर्जर प्रक्रिया सम्पन्न भई २०७८ बैशाख २ गते देखि एकीकृत कारोबार शुरु गरेका हुन । 

Read More
  • EBL