लुम्बिनी विकास बैंक लि. को लोगो अंकित झण्डा हस्तान्तरण 


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लुम्बिनी विकास बैंक लि. को लोगो अंकित झण्डा हस्तान्तरण 

लुम्बिनी विकास बैंकले २६ औं पटक सगरमाथाको आरोहण गर्न लाग्नुभएकोमा  विश्व किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पाज्यू लाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व किर्तीमान कायम गरी सक्नुभएका किर्तीमानी आरोही श्री कामी रिता शेर्पाज्यूले २६ औं पटक पुनः आरोहणको लागि प्रस्थान गर्न लाग्नु भएकोमा उहाँको सफल आरोहणको लागी  लुम्बिनी विकास बैंकले समेत सहकार्य गर्दै लुम्बिनी विकास बैंकको लोगो अंकित झण्डा बैंकका अध्यक्ष श्री दशरथ रिसालज्यू ले किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पाज्यूलाई हस्तान्तरण गर्नुभयो ।

किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि। मा “निरन्तर सहयात्री” बनि आबद्घ हुनुहुन्छ । उहाँको यो किर्तीमानी आरोहण आफ्नो लागी मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६ औं पटक आरोहण गर्न लागेको जानकारी दिनुभयो । उहाँको यस कार्यले लुम्बिनी विकास बैंक साथै सम्पूर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ । 

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा थप ७ शाखा खोल्नको लागी तयारी अवस्थामा छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

Read More
  • MBL