निफ्रामा लगानी गर्नेको सम्पत्ति एक वर्षमै ५२ अर्ब घट्यो, किन घटिरहेको छ मूल्य ? जान्नुहोस ३ कारण


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
निफ्रामा लगानी गर्नेको सम्पत्ति एक वर्षमै ५२ अर्ब घट्यो, किन घटिरहेको छ मूल्य ? जान्नुहोस ३ कारण

चैत २२, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्टर बैंक (निफ्रा)ले विभिन्न परियोजना निर्माणका लागि लगानी सम्झौता गरिरहेको छ । भरखरै पनि निफ्राले विशेष आर्थिक क्षेत्र (सेज)सँग उद्योग विस्तार गर्न ५ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ । 

यो बाहेक पाँचखाल स्मार्ट सिटी विकास गर्न सम्झौता गर्नुका साथै नेपालमा उत्पादिनत विद्युत् अन्तरराष्ट्रिय बजारमा विक्री गर्न विद्युत् कम्पनी खडा गर्न समेत ऊर्जा तथा जलस्रोत मन्त्रालयमा प्रस्ताव बुझाइ सकेको छ । उक्त प्रस्तावलाई मन्त्रालयल पनि सकारात्मक रूपमा लिएको छ । चाँडैनै विद्युत् विक्री गर्न अनुमति दिने बारे मन्त्रालयमा छलफल भइरहेको बताइएको छ ।  

यस्तै कम्पनीले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रेमासको वित्तीय विवरण पनि सकारात्मक नै देखिन्छ । उक्त विवरणमा कम्पनीको खुद नाफा ४४ करोड २६ लाख रुपैयाँ छ । गत आवको तुलनामा यो नाफा २५ प्रतिशतले वृद्धि भएको हो । योसँगै वितरण योग्य मुनाफा पनि ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ । 

Read More