काठमाडौँ / नेपाल बैंक लिमिटेडले गुञ्जमान सिंह अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाल बैंकको स्थापना तथा सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्याएका सम्मानित व्यक्तित्व स्व.सरदार गुञ्जमान सिंहको सम्झनामा स्थापित उक्त अस्पतलालाई आर्थिक सहयोग गरेको हो ।
बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न रु. १५ लाख २५ हजार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जनाएको हो ।
सो आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा सोमबार नै आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको स्थापना तथा सञ्चालनमा विशेष योगदान पु-याएका स्व. सिंहको नाममा स्थापित अस्पताललाई सो सहयोग उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरे ।








