मिलन समाज तथा रक्तदान कार्यक्रममा लुम्बिनी बिकास बैंकको सहयोग



Artha Dabali

काठमाडौँ / लुम्बिनी विकास बैंक लिमिटेडले मिलन समाज तथा रक्तदान कार्यक्रममा सहयो गरेको छ । 

बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मिलन समाज, टोखा –०८, मिलनटोल, काठमाण्डाँैमा अवस्थित संस्थालाई मिलन टोल क्षेत्रको सुरक्षाको लागी सहयोग स्वरुप सि.सि टिभि सर्भिलेन्स् सिस्टम हस्तान्तरण गरेको छ ।

बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागी ले संस्थाका अध्यक्ष श्री टेक बहादुर थापा लाई उक्त सामान हस्तान्तरण गरेका हुन् । श्री निरोज खागीले मिलन टोल क्षेत्रमा सि.सि. टिभि सर्भिलेन्स् सिस्टम जडानको लागी सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताएका छन् ।

उक्त कार्यक्रममा बैंकका टोखा शाखाका शाखा प्रवन्धक श्री निरोज खागी र मिलन समाजको तर्फबाट प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा नं. ०८ का वडा अध्यक्ष केशव बहादुर खत्री, मिलन समाजका अध्यक्ष टेक बहादुर थापा, उपाध्यक्ष सिता कुमारी भट्टराई वोस्थी लगायत मिलन समाजका सदस्यहरु सहित करिब ७० जनाको उपस्थिति रहेको थियो । मिलन समाज संस्थामा हाल करिब ३०० सदस्य रहेका छन् ।

Read More
  • Sunrise Bank