सेन्ट्रल फाईनान्सले सञ्चालनमा ल्यायो बिर्तामोड शाखा


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सेन्ट्रल फाईनान्सले सञ्चालनमा ल्यायो बिर्तामोड शाखा

चैत २०, काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष  प्रकाश शिवाकोटीले गरेका हुन् ।उक्त शाखा कम्पनीको १६ औं शाखाको रुपमा सञ्चालनमा आएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको कम्पनीको ललितपुरको कानदेवस्थानमा नवनिर्मित केन्द्रीय कार्यालय रहेको छ ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले छिट्टै नै रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको  बताए । 

Read More