भन्सार विभाग र नेपाल बैंकबीच सम्झौता, चोभारमा बैंकले राजस्व काउन्टर सञ्चालन गर्ने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
भन्सार विभाग र नेपाल बैंकबीच सम्झौता, चोभारमा बैंकले राजस्व काउन्टर सञ्चालन गर्ने

काठमाडौँ /नेपाल बैंकले काठमाडौँको चोभार सुख्खा बन्दरगाहमा राजस्व काउन्टर सञ्चालनमा ल्याउने भएकोछ  । भन्सार विभाग र बैंकबीच चोभार सुख्खा बन्दरगाहमा बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम सङ्कलन गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  

भन्सार विभागकोतर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले चैत १७ गते भन्सार बिभाग त्रिपुरेश्वर काठमाडौँमा आयोजित एक समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सो सम्झौतापत्रमा भन्सार विभागको आवश्यकता अनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व सङ्कलनको कार्य सञ्चालन गर्नेछ । 
सो अवसरमा भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले नेपालको पहिलो बैंकसँग राजस्व कारोवारको विषयमा विगत लामो समयदेखी सम्वन्ध र सहकार्य रहेको र यस सम्झौताले सहकार्यलाई थप उचाईमा पुर्याएको बताए । 

Read More
  • EBL Ad news